वल्र्डलिंकको नयाँ अफर सार्वजनिक

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले नयाँ अफर सार्वजनिक गरेको छ । नजिकिदो चाडपर्वलाई लक्षित गरी कम्पनीले पटक “ए हजुर कता ! इस्क्राच गरौँ यता” भन्ने अफरको सुरुवात गरेको छ । यो अफर अन्र्तगत भाग्यशाली ग्राहकहरुले लक्की ड्र मा हरेक हप्ता १२ वटा ४३ इन्चको स्यामसुङ्ग फोर के टिभी र बम्पर पुरस्कार स्वरुप एउटा फोर्डको एस्पायर कार जित्ने कमपनीले जनाएको छ । कम्पनीका अनुसार सियोरसट अफरमा हरेक ग्राहकले तिन महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको निःशुल्क इन्टरनेट सेवा अथवा १ हजार रुपैयाँ नगद फिर्ताका साथै १२ महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको निशुल्क इन्टरनेट सेवा अथवा २ हजार रुपैयाँ नगद फिर्ता पाउनेछन ।

वल्र्डलिंकले ग्राहकवर्गमाझ केन्द्रित हुदैँ इन्टरनेट सेवा प्रदायकको रुपमा आफ्नो गुणस्तरलाई बढाउने लक्ष्य अनुसार सियोरसट, साप्ताहिक लक्की ड्र लगायत बम्पर अफरहरु प्रदान गर्न लागेको हो । यी अफरहरुको अवधि भाद्र २७ बाट सुरु भई मंसिर २७ सम्म रहने कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *