समस्याग्रस्त सूचीबाट हटेका वित्तीय संस्थालाई पूँजी पु¥याउन २ बर्षको मौका

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीबाट वित्तीय संस्थाको सूचीबाट हटेका बैंक तथा वित्तीय संस्थालाई पूँजी पु¥याउन २ बर्षको मौका दिएको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै समस्याग्रस्त सूचीबाट हटेका बैंक तथा वित्तीय संस्थालाई आगामी २ बर्षभित्रमा चुक्ता पूँजी पु¥याउन निर्देशन दिएको हो ।

समस्याग्रस्त सूचीबाट हटेका बैंक तथा वित्तीय संस्थाले तत्काल तोकिएको चुक्ता पूँजी पु¥याउन नसक्ने भएकाले २ बर्षको मौका दिएको राष्ट्र बैंकका निर्देशक एवं सह–प्रवक्ता राजेन्द्र पंडितले बताए । राष्ट्र बैंकका निर्देशक एवं सह–प्रवक्ता पंडितका अनुसार समस्याग्रस्त सूचीबाट हटेका बैंक तथा वित्तीय संस्थाहरुले २०७६ सालको असार मसान्त सम्ममा पूँजी पु¥याउनु पर्नेछ । समस्याग्रस्तबाट फुकुवा हुने अवस्थामा रहेकाहरुले भने फुकुवा भएको २ वर्ष भित्र पूँजी पु¥याउनुु पर्ने भएको हो । फुकुवा हुने प्रक्रियामा रहेकाले संस्थाका संस्थापकहरुले पूँजी वृद्धिको लागि अग्रिम रुपमा (कल इन एड्भान्स) को रुपमा कम्तिमा २५ प्रतिशत पूँजी राख्नु पर्नेछ । राष्ट्र बैंकले २ बर्षअघि २०७४ असार मसान्तसम्म वाणिज्य बैंकहरुले ८ अर्ब रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुले २ अर्ब ५० करोड रुपैयाँ, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले १ अर्ब २० करोड रुपैयाँ, १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले ५० करोड रुपैयाँ चुक्ता पूँजी पु¥याउनुु पर्ने व्यवस्था गरेका थियो ।
राष्ट्र बैंकले राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुका लागि ८० करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ भने १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुका लागि ४० करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । समस्याग्रस्त बाहेक अन्य अधिकांश फाइनान्स कम्पनीहरुले चुक्ता पूँजी पु¥याइसकेका छन् । हालै राष्ट्र बैंकले जनरल फाइनान्स र अरुण फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको छ । हाल २ विकास बैंक र ७ फाइनान्स कम्पनी समस्याग्रस्तको सूचीमा नै रहेका छन् ।

अहिले सम्म सरकारी स्वामित्वका बैंकहरु कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको चुक्तापुँजी आठ अर्ब नाघिसकेको छ । यी बैंकहरुको चुक्तापुँजी क्रमशः १२ अर्ब ५२ करोड रुपैयाँ, आठ अर्ब ५८ करोड रुपैयाँ र  आठ अर्ब दुई करोड रुपैयाँ रहेको छ । निजी स्तरको नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी नौ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आईएमई बैंकको चुक्तापुँजी आठ अर्ब आठ करोड रुपैयाँ रहेको छ । बोनस तथा हकप्रद शेयर जारी गरेर अन्य बैंकहरु पनि चुक्ता पूँजी पु¥याउने तयारीमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *