निर्देशक भोमन अभिनित चलचित्रको नयाँ गि सार्वजनिक

चलचित्र निर्देशक भोमन कटुवाल अभिनित नेपाली कथानक चलचित्र यो पागल मनको गित सार्वजनिक गरिएको छ । चलचित्र पागल मनको ‘पटियाला कुता’ बोलको गित बिहीबार सार्वजनिक गरिएको हो । राजदेवी पोडक्सनको ब्यानरमा निर्माण भएको  नेपाली चलचित्र “यो पागल मन’ युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको चलचित्र हो । चलचित्रको गितको शब्द रचना दयाराम पण्डे, संगीत अर्जुन पोख्रेल, गायक राजेश पयल राई हुन् । रिचा सिंह ठकुरीले धेरै अन्तराल पछि यसै चलचित्रबाट कम व्याक गर्ने भएकी छिन् ।

काठमाडौं आसपास तथा पुर्वको रमणीय स्थानमा सुटिङ भएको यो चलचित्रमा बिनोद न्यौपने, राजेश ढुंगाना, रिचा सिंह ठकुरी, यनि कुवर ,गौरी मल्ला, भोमन कटुवल लगाएतको कलाकारको अभिनय रहेको छ । अल नेपाल रिलिज हुन लागेको यस चलचित्रलाई कल्याण अधिकारी र बिरेन्द्र कुमार यादवले निर्माण गरेका हुन् भने यस चलचित्रमा कल्याण अधिकारी कै निर्देशन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *