नेपाल टेलिकमको अफर अवधि थपियो

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न प्रकारका अफरहरुको अवधि थप गरेको छ । टेलिकमले मंगलबार एक प्रस विज्ञप्ती जारी गर्दै गत ५ गतेदेखि उपलब्ध गराएको विभिन्न अफरहरुको अवधि थप गरिएको जनाएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

गत ५ देखि १९ गते सम्म उपलब्ध गराइएका यी अफरहरु उपभोक्ताले अत्यधिक रुपमा रुचाएकाले भदौ २० गते देखि आगामी असोज ४ गतेसम्म लिन सक्ने गरी निरन्तरता दिइएको टेलिकमले जनाएको छ । युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । टेलिकमको यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । टेलिकमका अनुसार ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *