मान्छेको मासु खाने व्यक्ति विरुद्ध मुद्धा दायर

संसार अचम्मको छ ,मान्छेले मान्छेको नै मासु खाने गर्दछ । यो कुनै फिल्मको कथा होइन । दक्षिण अफ्रिकामा यस्तो घटना भएको छ । दक्षिण अफ्रीकामा एक ब्यक्तिले प्रहरी कार्यालयमा आत्म समर्पण गर्दै मान्छेको मासु खादाँ खादाँ थाकिसकेको बताएको छ ।उसले आफुमात्र आत्म समपर्ण मात्र नगरेर मानिसको काटिएको गोडा पनि सवुतको रुपमा पेश गरेको छ । त्यसपछि त्यहाँको पुलिसले क्वाजुलू नेटल इलाकाको एक घरमा छापा मार्यो ।

त्यस क्रममा मानिसको काटिएको टाउको तथा शरिरको अन्य अङ्ग भेटिएको बताइएको छ । साथै त्यहाँ महिलाको शरीरको टुक्रा पनि भेटिएको छ । जीउ नै सिरिङ्ग गर्ने यस घटनापछि त्यस क्षेत्रमा डरको आतंक मच्चिएको छ । पुलिसले प्रमाणका आधारमा अरु दुइलाई पनि गिरफ्तार गरेको छ । त्यहाँ पहिले पनि मानिसको मासु खाने परम्परा रहेको बताइएको छ । अहिले ति व्यक्तिलाई प्रहरीले स्थानीय अदालतमा मुद्धा दायर गरेको छ । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *