भारु ६८ लाख २० हजारसहित दुईजना पक्राउ

नस्थलीबाट निषेधित भारतीय रुपैयाँ ६८ लाख २० हजारसहित शनिबार पक्राउ परेका दुईजना सो रकमको मालिक नभई भरीयामात्रै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, स्वयम्भूले शनिबार गोंगबु बस्ने बाँकेको कोहलपुर नगरपालिकाकी कृष्णकुमारी राई र गोरखाको श्रीनाथ गाउँपालिकाका अर्जुन भण्डारीलाइ सो रकमसहित पक्राउ गरेको थियो । 

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रबिन्द्र धानुकले प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका दुईजना सो रकमको मालिक नभएको र उनीहरुलाई भरियाको रुपमा मात्रै प्रयोग गरीएको हुनसक्ने देखिएको बताए । उनले रकमका वास्तविक मालिकको खोजी भइरहेको र छिट्टै पक्राउ पर्ने बताए । प्रहरीले उनीहरुको साथबाट भारु एकहजार र पाँचसय दरका जम्मा भारु ६८ लाख २० हजार बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *