मिर्मिरेको सरसफाई तथा सचेतना कार्यक्रम

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले शनिबार देशका विभिन्न ठाउँमा सरसफाई तथा सचेतना कार्यक्रम गरेको छ । मिर्मिरेले शनिबार प्रधान कार्यालय काभ्रेको बनेपा नगरपालिका, मकवानपुरको हेटौडा उप–महानगरपालिका, रोल्पाको सुलिचौर गाउँपालिका र नवलपरासीको भटौलिया गाउँपालिका गरि देशभरमा ४ फरक–फरक स्थानहरुमा एकै पटक सरसफाई तथा नागरिक सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
बनेपामा केन्द्रीय कार्यालय रही नेपालको १५ वटा  जिल्लाहरुमा ३३ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तको माध्यमद्वारा गरिबी निवारणको राष्ट्रिय अभियानमा क्रियाशील रहेको मिर्मिरेले यस पटक भने ‘मिर्मिरेको सरसफाई अभियान, सफा घर आँगन स्वच्छताको पहिचान’ भन्ने मूल नाराका साथ  सरसफाई तथा जन–सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा  स्थानीय निकायका जनप्रतिनिधिहरु, समाजसेवी, स्थानीय बासिन्दाहरु एवम बैंकका कर्मचारीहरुको अत्यन्त उत्साहजनक सहभागिता  रहेको थियो ।
नवलपरासीको भटौलियामा सम्पन्न सरसफाई तथा जन–सचतेना कार्यक्रममा मिर्मिरेका अध्यक्ष टेकबहादुर बोहरा स्वयम् उपस्थित भएका थिए । कार्यक्रममा उपस्थित सहभागीहरु प्रति आभार ब्यक्त गर्दै अध्यक्ष बोहराले बैंकले सेवाग्राहीहरुको हितलाई ध्यानमा राखी विविध सामाजिक परियोजनाहरु संचालन गर्ने योजना रहेको जानकारी गराए । बनेपाको कार्यक्रममा भने बैंकका संचालकहरु सन्तोष फुयाल, लीलाराज पौडेल, अनुज नेपालका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी, बैंकका व्यवस्थापक बिर्ख बोहरा, विभागीय प्रमुखहरु बिष्णुप्रसाद सुबेदी, वेदप्रकाश आचार्य, तुलसीराम पाठक लगायत केन्द्रीय कार्यालय एबम बनेपा शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बनेपा  नगरपालिका प्रतिनिधिहरु एबम स्थानीयहरुले  कार्यक्रम समय सान्दर्भिक रहेको भन्दै मिर्मिरेले आयोजना गरेको कार्यक्रमको प्रशंसा गरेका थिए ।

हेटौडामा सञ्चालित कार्यक्रममा बैंकको हेटौंडा, शिखरकटेरी र हात्तिसुड़े शाखाका शाखा प्रबन्धक लगायत कर्मचारी एबम सेवाग्राही प्रतिनिधि केन्द्र प्रमुखहरुको समेत उल्लेखनीय उपस्थिति रहेको मिर्मिरेले जनाएको छ । रोल्पा जिल्लाको लिबांग शाखा अन्तरगत रोल्पाको सुलिचौरमा सञ्चालित सरसफाई कार्यक्रममा बैंकका केन्द्रीय कार्यालय प्रतिनिधि सुरेश खड्काले कार्यक्रमको संयोजन गरेका थिए । आगामी दिनमा पनि यस प्रकारका  कार्यक्रमहरु क्रमबद्ध सञ्चालन गरिने योजना रहेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *