फेरि ओर्लियो सेयर बजार, ४४ कम्पनीका सेयरधनीले मात्रै कमाए

बुधबार सेयर बजार पुनः ओरालो लागेको छ । मंगलबार सामान्य भएपछि बढेको सेयर बजार बुधबार २।७८ अंकले घटेर १६११।२७ अंकमा कायम भएको छ । बीमा र अन्य समूहबाहेक सबै समूह ओरालो लागेपछि समग्र बजार नै प्रभावित बनेको छ । होटल समूह सबैभन्दा धेरै ३०।३८ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः २।०१, ५।४२, २१।३, १।९९ र ७।४४ अंकले घटेका छन् । बीमा र अन्य भने क्रमशः ४।६ र १।४५ अंकले बढेका छन् । परिसूचक ओरालो लागेपछि कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १६० वटा कम्पनीको १७ लाख ५४ हजार ६५ कित्ता सेयर नौ हजार चार सय ६९ पटक खरिदविक्री हुँदा ६२ करोड ७१ लाख ४४ हजार आठ सय ६९ रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको सबैभन्दा धेरै पाँच करोड ४६ लाखको कारोबार भएको छ । प्रभु इन्स्योरेन्स र हिमालयन पावर पार्टनरको दुई करोडमाथिको कारोबार भएको छ भने राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र सिटिजन्स बैंकको झन्डै दुई करोडको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, प्राइम लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

जम्म ४४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै युनाइटेड फाइनान्सका सेयरधनीले ५।७७ प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल बैंक, किसान माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, गुहेश्वरी फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । छ्याङ्दी हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ६।५ प्रतिशतका दरले गुमाउँदा कालिका माइक्रोक्रेडिट, कञ्जुश्री फाइनान्स र वरियन्टल होटल्सका सेयरधनीले क्रमशः ६।४१, ५।६६ र ५।००५ प्रतिशतका दरले गुमाएका छन् । प्रोग्रेसिभ फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, वल्र्ड मर्चेन्ट बैंकिङ, सिभिल लघुवित्त, हिमालयन डिस्टीलरी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *