दिनदिनै घट्दै सेयर बजार, कारोबार आधा अर्बमै सीमित

दिनदिनै खस्किँदै गएको सेयर बजार सोमबार पनि ६।४० अंकले घटेर १६११।५७ अंकमा कायम भएको छ । अन्य समूहबाहेक, कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ७५।९५ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ४।४३, २।२६, ९।७८, ३।८७, ०।६५ र १८।३९ अंकले घटेका छन् । अन्य समूह भने सामान्य ०।५७ अंकले बढेको छ । बजार निरन्तर घटेपछि कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । दिनभरिमा १५४ वटा कम्पनीको २६ लाख ८७ हजार एक सय दुई कित्ता सेयर पाँच हजार एक सय आठ पटक खरिदविक्री हुँदा ५२ करोड २० लाख चार हजार एक सय ३८ रुपैयाँको कारोबार भएको छ । 

सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्सको सात करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार हुँदा साना किसान विकास बैंक, प्राइम बैंक, लक्ष्मी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । बजार घट्दा पनि हिमालयन पावर पार्टनरका सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् भने वल्र्ड मर्चेन्ट बैंकिङ र ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ९।४० र ५।३५ प्रतिशतका दरले कमाएका छन् । गुहेश्वरी फाइनान्स, लक्ष्मी बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रो, रिलायन्स फाइनान्स, आईसीएफसी फाइनान्स, रिडी हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् । यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको हिमालयन डिस्टीलरीका सेयरधनीले ५।८० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । मिसन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रो, युनाइटेड फाइनान्स, रिलायबल माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स, जानकी फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, कन्काई विकास बैंक, सानिमा माई हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *