सेयर बजारमा दोहोरो अंकको गिरावट

आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११।७८ अंकले घटेर १६१७।९७ अंकमा कायम हुँदा होटल समूह ४।२१ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पालनमूलक र अन्य समूह क्रमशः १२।२, १४।८५, १५।७१, ६।६६, ३९।७४, २५।७१ र २।८९ अंकले घटेका छन् । 

दिनभरिमा १५९ वटा कम्पनीको ४६ लाख ७८ हजार छ सय ४४ कित्ता सेयर सात हजार दुई सय ८६ पटक खरिदविक्री हुँदा ७९ करोड ४६ लाख ८२ हजार छ सय ५८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, प्राइम लाइफको पाँच करोड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको चार करोड तथा एनसीसी बैंक र नेपाल बैंकको तीन करोडमाथिको कारोबार भएको छ । साना किसान विकास बैंक, निर्धन उत्थान बैंक, स्वरोजगार लघुवित्त र नेपाल इन्भेष्टेमन्ट बैंकको दुई करोडमाथिको कारोबार हुँदा नविल ब्यालेन्स फण्ड, जनता बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । जम्मा ३७ कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाउँदा स्वरोजगार लघुवित्त, सृजना फाइनान्स र लक्ष्मी बैंकका सेयरधनीले क्रमशः ९।९७, ७।२६ र ५।९७ प्रतिशतका दरले कमाएका छन् । सप्तकोसी डेभलपेन्ट बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, कुबेर मर्चेन्ट फाइनान्स, प्राइम लाइफ इस्योरेन्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, नयाँ नेपाल लघुवित्त, वरियन्टल होटल्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

गुमाउने कम्पनीरुको अग्रस्थानमा रहेको हिमालयन डिस्टीलरीका सेयरधनीले ९।९२ प्रतिशतका दरले सम्पत्ति घटाउँदा वल्र्ड मर्चेन्ट बैंकिङ, रिडी हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले ९।१४, ७।०६ र ५।५५ प्रतिशतका दरले गुमाएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, दिव्यश्वरी हाइड्रो, विजय लघुवित्त, जनलि फाइनान्स, गरिमा विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *