यति कार्पेटको उद्योगमा आगलागी, करोडौको सामान जलेर खरानी

भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । शनिबार राति ११ बजेबाट लागेको आगो आइतबार बिहान ८ बजे मात्रै नियन्त्रणमा आएको भक्तपुर प्रहरीले जनाएको छ ।  आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेका थिए । उद्योगमा भएको आगलागीबाट भएको क्षतिको विवरण तयार भइनसकेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *