‘भूकम्पपीडितको रकममा समेत घुस’

भूकम्पपीडितको राहत रकममा समेत सरकारी कर्मचारीले घुस रकम माग्ने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक मुलुकभर नै सञ्चालन गरेको ‘रङ्गेहात पक्राउ’ अभियानअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको एक गाउँपालिकामा भूकम्पपीडितको राहत रकम प्रदान गर्दासमेत घुस मागेको पाइएको जनाएको हो । 

सोमाबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता जीवराज कोइरालाले  मानवीय संवेदनालाई समेत ख्याल नगरी प्राकृतिक प्रकोपमा परेका नागरिकसँग पनि घुस मागिनु सबैभन्दा दुःखद् रहेको बताउँदै घुस लिने तथा दिने दुवैलाई कानुनको दायरामा ल्याइने र कुनै छुट नदिइने स्पष्ट पारे । उनले भूकम्पपीडितको राहत रकममा नै घुस माग्ने सरकारी कर्मचारीको नाम भने बताएनन् । 
‘घुसको कसुरमा रङ्गेहात पक्राउ, अनुसन्धान र अभियोजन गर्नेसम्बन्धी निर्देशिका, २०७३’ अनुसार चालु आवको हालसम्म पाँच उपसचिव, १५ शाखा अधिकृत, ३४ नासु,  नौ ओभरसियर, अमिन र खरिदार, सात लेखापढी व्यवसायी, दुई घुस दिने व्यक्ति, दुई कार्यालय सहयोगी, एक कुल्ली पाँचाँै तह र एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी ७६ जना थलोमै पक्राउ परेका छन् । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *