लुम्बिनीको विकासमा सहयोग गर्ने श्रीलंकाको घोषणा

गौतम बुद्धको जन्म स्थल लुम्बिनीकोविकासमा सहयोग गर्ने श्रीलंकाले घोषणा गरेको छ । काठमडौं स्थित श्रीलंका दुतावासमा शनिबार भएको एक कार्यक्रममा बोल्दै नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस पेरेराले लुम्बिनीको विकासमा सहयोग गर्ने घोषणा गरेका हुन् । सम्राट अशोकले श्रीलङ्कामा धर्मदूत पठाएको स्मरणमा महाराजगन्जस्थित राजदूतावासमा शनिबार साँझ आयोजित ‘विशेष बुद्ध पूजा’ कार्यक्रममा उहाँले विश्व शान्ति कायम राख्न बुद्धले दिएका उपदेशको पालना गर्नुपर्नेमा जोड दिँदै बुद्ध धर्मका कारणले नेपाल र श्रीलङ्काबीच बलियो सम्बन्ध रहेको बताए । 

ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले बुद्ध दर्शनलाई अवलम्बन गरी एसियाका विभिन्न मुलुकमा प्रवद्र्धन गरेका कारण बौद्ध साहित्यमा उनको परिचय आउने गरेको बताउँदै श्रीलङ्काले लुम्बिनीको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले इपू तेस्रो शताब्दीमा अशोकका छोरा महिन्द्रले श्रीलङ्कामा बुद्ध दर्शन तथा साहित्यको प्रचार गरेको जानकारी गराए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *