पञ्चकोसी राजमार्गः सुर्खेतदेखि दैलेख सदरमुकामहुँदै चीनसम्म जोडिने

दैलेख ऐतिहासिक महत्वको जिल्ला भएकाले यहाँ रहेको पञ्चकोसी क्षेत्रलाई थप पहिचान र विकास गर्ने उद्देश्यका साथ पञ्चकोसी राजमार्ग निर्माण गरिने भएको छ । सरकारले बजेटमा सुर्खेतदेखि दैलेख सदरमुकाम हुँदै महावु–जुम्ला, रारा ताल हुँदै चीनसितको सम्बन्ध विस्तारका लागि नाँक्चे नाग्ला सम्मको सडक विस्तार गर्ने महत्वपूर्ण योजना ल्याएपछि दैलेखका बासिन्दामा खुसीयाली छाएको छ । 

पञ्चकोसी क्षेत्रको नामबाट दैलेख परिचित भएकाले उक्त सडकको नामै पञ्चकोसी राजमार्ग राखिएको अर्थ मन्त्रालयका सल्लाहकार डा. पूण्यप्रसाद रेग्मीले जानकारी दिए । सल्लाहकार रेग्मीका अनुसार दैलेख सदरमुकाम हुँदै पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण समेत हुने सडक भएकाले यसको नाम पञ्चकोसी राजमार्ग राखिएको छ । बजेटमा व्यवस्था गरेर रकम विनियोजनसँगै काम सुरु हुन्छ, रेग्मीले भने । 

पञ्चकोसी राजमार्ग सञ्चालन भएमा सुर्खेतको देउती बज्यै, दैलेखको कोटिला, शिरिस्थान, नाभिस्थान, पञ्चिस देवल, महावु धाम, जुम्लाको चन्दननाथ, मुगुको रारा हुँदै मानसरोवरसम्म सडकबाट पुग्न सहज हुनेछ भने चीनसँगको सम्बन्ध विस्तारका लागि सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *