आइफोनको मूल्य  घट्यो

एप्पलको मुल्य घटेको छ । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौैदेखि बजारमा एप्पलका उत्पादनहरु बिक्रि गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु(म्याकबुक्स, आइप्याड एयर) को एक मात्र वितरक जेननेक्स्टले आइफोनको मूल्यमा कटौती गरेको जनाएको छ । 

आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य ८६ हजार रुपैयाँ, आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य ९९ हजार ८ सय  रुपैयाँ, आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य १ लाख १२ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरि, आइफोन सेभेन प्लस ३२ जीबी ब्ल्याकको नयाँ मूल्य १ लाख ५ हजार रुपैयाँ, आइफोन सेभेन प्लस १२८ जीबीको मूल्य १ लाख १९ हजार , आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य १ लाख ३२ हजार तोकिएको छ । यसैगरि, आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य ६८ हजार रुपैयाँ, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य ७८ हजार, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य ५२ हजार ५ सय तोकिएको छ ।

आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड, अथवा स्पेस ग्रेको मूल्य ७२ हजार ८ सय  र आइप्याड प्रो ९.७ स्मार्ट की बोडको मूल्य १७ हजार ५ सय तोकिएको छ । सबै आइफोनहरु विशेष अफरमा उपलब्ध छन, जसमा आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ता बन्दीमा उपलब्ध छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *